अर्थ

अपार्टमेन्टको फ्ल्याटमा प्रहरी छापा, गहना र बिस्कुट गरी २३ किलो सुन बरामद

प्रहरीेले वीरगञ्जको एक अपार्टमेन्टको फ्ल्याटमा छापा मारी बिस्कुट र गहना गरी २३ किलो सुन बरामद गरेको छ । सो अपार्टमेन्ट भारतको पूर्वी चम्पारन जिल्लाको हरैया निवासी अशोक सिन्हा बस्ने गरेको प्रहरीले जानकारी दिएको छ ।

वीरगञ्ज महाननगरपालिका वडा नं ५ रेशम कोठीमा रहेको श्री गणेश अपार्टमेन्टको तेस्रो तलामा रहेको ३०३ नम्बरका फ्ल्याटबाट सो परिमाणमा सुन बारामद गरिएका जिल्ला प्रहरी कार्यालय पर्साले पत्रकार सम्मेलनमा जानकारी गाएको छ ।

सो फल्याटमा शनिबार साढे एक बजे छापा मार्दा २२ किलो ५७६ ग्राम सुनको विस्कुट र ६८१ ग्राम सुनका गहना करीब दुई किलो २६२ ग्राम तौल बराबरका चाँदिका समान बरामद भएको पत्रकार सम्मेलनमा पर्साकी एसपी गंगा पन्तले बताउनुभयो ।

सो अपार्टमेन्ट भारतीय नागरिकको भएको स्थानीय बासिन्दाले जानकारी गराएको र त्यहाँ सुन लुकाइ राखेको सुराकीका आधारमा प्रहरीले दुई दिनदेखि निगरानी गर्दा पनि कोही नआएकाले शनिबार छापामारी सो सुन बरामद गरेको हो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.