जन सरोकार

केही घण्टामै फेला पार्यो प्रहरीले चोरी भएको मोटरसाइकल

प्रहरीले उच्च चासो, शतर्कताका र विना दवावका साथ काम गर्न पाउने हो अपराधीहरुलाई केही समयभित्रै नियन्त्रणमा लिनसक्छ भन्ने उदाहरण अनेक छन् । नेपाल प्रहरीको क्षमता र कुशलतामा बेलाबेलामा हुने हस्तक्षेपले अंकुश लगाए पनि कतिपय घटनामा प्रहरीले केही समयमै सफलता पाएका छन् ।

यस्तै सफलता महानगरीय प्रहरी प्रभाग गोकर्णले पाएको छ । शुक्रबार मध्यरातमा चोरी भएको मोटरसाइकल प्रहरीले शनिबार दिउँसो फेला पारेर सम्बन्धित धनीलाई बुझाएको छ ।

समाचार अनुसार शनिबार विहान २ बजेतिर घर कम्पाउण्डमा पार्किङ गरी राखेको अबस्थामा चोरी भएको बा ६४ प ६१४१ नम्बरको १५० सिसि निलो पल्सर मोटरसाइकल प्रभागबाट खटीएको गस्ति टोलीले केही घण्टामै फेला पारी सम्बन्धित सबारी धनीलाई बुझाएको छ ।

गोकर्णेश्वर नगरपालिका वडा नं. ९ का सदस्य समेत रहेका पुरुषोत्तम थापाको घर कम्पाउण्डबाट चोरी भएको उक्त मोटरसाइकल चोरको भने खोजी भैरहेको प्रभागले जनाएको छ । चोरी भएको उक्त मोटराइकल गोकर्णेश्वर नगरपालिकाको वडा नं ४ उत्तरबाहीनी क्षेत्रको बाग्मती खोलामा बेवारीसे अबस्थामा फेला परेको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.