राजनीति

विप्लवसंगको सहमति कार्यान्वयन गर्न गृहमन्त्रीको पहल

केपी ओली नेतृत्वको सरकारसंग खुला र शान्तिपूर्ण राजनीतिमा आउन नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले गरेको सहमति पूर्ण कार्यावयनका लागि गृहमन्त्री बालकृष्ण खाँणले पहल थाल्नुभएको छ ।

मन्त्री खाँणले आइतबार सहमति कार्यान्वयनका लागि कसरी अगाडि बढ्ने भन्ने विषयमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडु, सचिव उदयराज सापकोटा, महान्यायाधिवक्ता खम्मबहादुर खाती र गृहसचिव टेकनारायण पाण्डेसँग छलफल गर्नुभएको छ ।

गृहमन्त्री खाँणले आइतबार चन्द समूहसंग अहिलेसम्म सहमति कार्यान्वयनका लागि भएका काम र अब कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल गर्नुभएको हो ।

सरकार र नेपाल कम्युनिस्ट पार्टीबीच २०७७ फागुन २० गते तीन बुँदे सहमति भएको थियो । तर, केपी ओली नेतृत्वको सरकारले ती सबै सहमतिको कार्यान्वयन गरिसकेको थिएन ।

सहमतिका बाँकी बुँदा कार्यान्वयन गर्ने विषयमा वर्तमान सरकार बनेपछि नेकपाका महासचिव चन्दले प्रधानमन्त्री शेरबहादुर देउवा, गृहमन्त्री खाँण, सत्ता गठबन्धन सम्बद्ध दलहरू माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहितलाई छुट्टा–छुट्टै भेट गरी आग्रह गर्नुभएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.