राजनीति

शताब्दी पुरुष जोशीको निधनको शोकमा मङ्गलबार सार्वजनिक बिदा

सरकारले शताब्दी पुरुष सत्यमोहन जोशीको निधनको शोकमा मङ्गलबार सार्वजनिक बिदा दिने भएको छ । गृह मन्त्रालयले सोमबार जारी गरेको विज्ञप्तिमा भोलि देशभर सार्वजनिक बिदा दिने निर्णय भएको जनाएको छ ।

“शताब्दी पुरुष जोशीको निधनले शोकमा देशभरका सरकारी कार्यालय, सार्वजनिक सङ्घसंस्था र विदेशस्थित कूटनीतिक नियोगमा राष्ट्रिय झण्डा झुकाउने निर्णय भएको छ” ।

मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ । शताब्दी पुरुष जोशीको एक सय तीन वर्षको उमेरमा आइतबार बिहान निधन भएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.