जन सरोकार
गल्तीमा गएका असईको शव फेला, संगै रहेको हवल्दार सम्पर्कविहीन

सुदूरपश्चिमा गस्तीमा गएका एक प्रहरीको शव फेला परेको छ । समाचार अनुसार कैलालीमा सीमा क्षेत्रको गस्तीमा हवल्दारसंगै मोटरसाइकलमा गएका असईको शव फेला परेको हो भने गस्तीमा रहेका हबल्दार बेपत्ता छन् ।
जिल्ला प्रहरी प्रमुख एसएसपी मुकेश सिंहले दिएको जानकारी अनुसार जिगडा चौकीबाट मोटरसाइकल चढेर सीमा क्षेत्रमा गस्तीमा गएका असई गोविन्द विकको शव फेला परे पनि हबल्दार रामबहादुर साउद सम्पर्कविहीन रहेका हुन् ।
असईको शव मोहना नदीमा फेला परेको छ । कसैले घेरा हालेर हत्या गरेको आशंका प्रहरीले गरेको छ । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।