राजनीति

अध्यक्ष प्रचण्डद्वारा महासचिव वैद्यको स्वास्थ्यवस्थाबारे जानकारी

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्यको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ ।

आज थापाथलीस्थित नर्भिक इन्टरनेशनल अस्पताल पुगेर अध्यक्ष दाहालले वैद्यको स्वास्थ्य अवस्थवस्थाबारे जानकारी लिनुभएको हो । स्वास्थ्यमा समस्या देखिएपछि महासचिव वैद्य आइतबार नर्भिक अस्पतालमा भर्ना हुनुभएको थियो ।

सो क्रममा वैद्यको उपचारमा संलग्न चिकित्सकले उहाँको स्वास्थ्य अवस्थाका बारेमा जानकारी गराउनुभएको थियो । दमको समस्याबाट पीडित वैद्यको स्वास्थ्यअवस्था सुधारोन्मुख रहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.