खेलफूटबल

साफ उपविजेता खेलाडीलाई जनही पाँचलाख दिइने

माल्दिभ्समा हालै सम्पन्न साफ च्याम्पियनसिपको उपविजेता नेपाली फुटबल टोलीका खेलाडीहरुलाई सरकारले जनही ५/५ लाख रुपैयाँ उपलब्ध गराउने भएको छ ।

मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले खेलाडीहरुलाई ५/५ लाख र प्रशिक्षकहरुलाई ३-३ लाख रुपैयाा उपलब्ध गराउने निर्णय गरेको सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।

दक्षिण एसियाली फुटबल महासंघ (साफ) सुरु भएयता सेमिफाइनलभन्दा माथी पुग्न नसकेको नेपाल १३औं संस्करणमा आएर फाइनल प्रवेश गरेको थियो ।

शनिबार सम्पन्न फाइनलमा नेपाल चिरपरिचित प्रतिद्वन्द्वी भारतसंग ३०ले पराजित भएर उपविजेतामै रोकिएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.