सूचना/प्रविधि

बजारमा नयाँ प्रकारको ठगी : नयाँ भनेर पुराना ल्यापटप बेच्दै

नेपालमा वार्षिक ७ अर्बभन्दा बढी मूल्य बराबरको ल्यापटप आयात हुने गरेको छ । तर, यसरी आयात गरिएका ल्यापटप नयाँ नभएर पुरानो हुने गरेको हालै मात्र खुलासा भएको छ ।

हालै मात्र चारपवटा फर्मले कतार र दुवईबाट आयात गरेका ल्यापटपमा गरेको परीक्षणमा नयाँ भनेर पुरानो आयात भैरहेको तथ्य बाहिरिएको हो ।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल भन्सार कार्यालयले काठमाडौंका तीन र ललितपुरका एक फर्मले आयात गरेका एक हजार मध्ये करिब ५ सय वटा ल्यापटप पुराना र वारेन्टी सकिएपछि नयाँ भनेर आयात भएको पाइएको हो ।

प्रमुख भन्सार प्रशासक अरुण पोखरेलका अनुसार आयात भएका सबै ल्यापटप डेल कम्पनीको रहेको छ । भदौको तेस्रो साता शंकास्पद अवस्थामा आयात भएका ल्यापटपको प्राविधिक परिक्षण गर्दा आयात भएकामध्ये आधा ल्यापटपको वारेन्टी सकिएको पाइएको हो ।

अध्ययनका क्रममा हेर्दा वाह्य मुलुकमा एक पटक प्रयोग भएर काम नलाग्ने भएका र उपयोग वारेन्टी सकिएपछि दोस्रो बजारमा पठाइएको ल्यापटप पुनः खरिद गरेर नेपाल ल्याइएको पाइएको भन्सार कार्यालयले जनाएको छ ।

प्रमुख भन्सार प्रशासक पोखरेल यो बजारले अनुभव नगरेको नयाँ प्रकारको ठगी भएको र यसमा थप अध्ययन भैरहेको पनि बताउनुभएको छ ।

हाल जफत भएका ल्यापटपको भन्सार पास रोकेर थप कारवाहीको सिफारिस तयारी भइरहेको र नयाँ भित्रिने ल्यापटपलाई कडाइका साथ परीक्षण थालिएको पनि उहाँले बताउनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.