आम निर्वाचन २०७९

जनताको घरघरमा पुग्दै आर्शिवाद लिदै कुन्ती

आगामी मंसिर ४ गते हुन गईरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टीबाट दैलेख निर्वाचन क्षेत्र न १ का उम्मेदवार कुन्ती कुमारी शाहीको घरदैलो मा व्यस्त रहनुभएको छ ।

विगत एक महिनादेखि आफ्नो निर्वाचन क्षेत्रमा घरदैलोमा व्यस्त शाही अहिले आफ्नो क्षेत्रका आम नागरिक युवा महिला बालबालिका बृद्धसँग साक्षात्कार गर्दै जनताका समस्या बुझ्नदै त्यसको समाधानका योजना समेत बनाउन व्यस्त हुनुहन्छ ।

राप्रपाको महामन्त्री र पूर्व राज्यमन्त्री समेत रहनु भएकी शाही कर्णाली जस्तो विकट पिछडिएको क्षेत्रमा जन्मेर पनि अहिले राष्ट्रिय राजनीतिमा चर्चामा हुनुहुन्छ ।

युवा उम्मेदवार र इमान्दार नेता भएकोले पनि वहाँलाई यसपटक मतदिन कञ्जुस्याई गर्न नहुने यहाँका साधारण जनतादेखि अन्य दलका कार्यकर्ताले समेत बताउदै आएका छन् ।

शाहीले तत्कालीन संसद र सरकारमा रहँदा दुर्व्यवहार र हिंसामा परेका महिलाहरुको पुर्नस्थापनाका लागि निकै पहल गर्नु भएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.