विश्व समाचार

गरिबी उन्मूलनका निम्ति तत्काल कदम चाल्न महासचिवको आह्वान

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले गरिबी उन्मूलनका निम्ति तत्काल विश्वव्यापी कदम चाल्न आह्वान गर्नुभएको छ ।

अन्तरराष्ट्रिय गरिबी उन्मूलन दिवसका अवसरमा दिनुभएको भिडियो सन्देशमा उहाँले विश्वका लाखौँ जनता कोभिड–१९ का कारण गरिबीतर्फ धकेलिएका, चार वर्षभन्दा बढी समयको मेहनतले प्राप्त प्रगतिलाई पछाडि धकेलेको, असमानताका खाडल अझ फराकिला भएका, राष्ट्रिय एवम् घरेलु अर्थतन्त्रमा रोजगारीका अवसर गुमेको, खाद्यान्न र ऊर्जाको मूल्य बढ्दा र विश्वव्यापी मन्दीको छायामा वर्तमान विश्व रूमल्लिएको वास्तविकता प्रस्तुत गर्नुभयो ।

एकै समयमा जलवायु सङ्कट र उग्र द्वन्द्वले ठूलो पीडा निम्त्याइरहेको, सबैभन्दा अधिक पीडा गरिब जनताले भोगिरहेका, विकासोन्मुख देश आर्थिक वृद्धिका निम्ति लगानीका स्रोत र ऋण राहतमा पहुँच बढाउन असमर्थ हुँदादिगो विकास लक्ष्य हासिल गर्न कठिन भएको उहाँले बताउनुभयो ।

महासचिवले स्वास्थ्य र सभ्य काम, लैङ्गिक समानता, सामाजिक सुरक्षा, खाद्य सुरक्षा रशिक्षामा लगानी बढाउनुपर्नेमा जोड दिनुभयो । रोजगारी सिर्जना गर्ने हरित अर्थतन्त्रमा लगानी बढाउन अपरिहार्य भएको अभिमत पनि उहाँले सन्देशमा व्यक्त गर्नुभएको छ ।

राष्ट्रसङ्घीय महासभाका अध्यक्ष कासाबा कोरोसीले पनि जलवायु परिवर्तन, कोभिड–१९, सबै खाले द्वन्द्वका साथैयुक्रेन युद्धको अन्त्यबाट विश्व शान्ति प्रवद्र्धन तथागरिबी उन्मूलनमा सहयोग पुग्ने बताउनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.