राजनीति

दशैँभत्ता फिर्ता गर्न काँग्रेसका सांसदलाई देउवाको निर्देशन

देउवाका आलोचक नेताको साझा बैठक

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो पार्टीका सङ्घीय सांसदलाई दशैँ भत्ता फिर्ता गर्न निर्देशन दिनुभएको छ ।

काँग्रेस सङ्घीय संसदीय दलका नेतासमेत रहनुभएका सभापति देउवाले सांसदहरुको दशैँ खर्च सरकारले कोभिड–१९ सङ्क्रमणको उपचार र व्यवस्थापनमा खर्च गरोस् भनेर फिर्ता गर्नका लागि सोमबार बिहान निर्देशन दिनुभएको हो ।

काँग्रेस संसदीय दलको बैठकले पछि अनुमोदन गर्ने गरी सभापति देउवाले दिनुभएको निर्देशनबमोजिम आजै सबैलाई पत्राचार गरिने पार्टीका प्रमुख सचेतक बालकृष्ण खाँणले राससलाई जानकारी दिनुभयो । प्रमुख सचेतक खाँणले कोरोना सङ्क्रमण महामारीमा नागरिकको जीवनरक्षा गर्ने पहलो दायित्व र कर्तव्य सरकारको भएको बताउनुभयो ।

उहाँले यस्तो सङ्कटका अवस्थामा कोरोना सङ्क्रमितलाई अस्पताल नआउनुस् भन्ने र परीक्षण तथा उपचार पनि निःशुल्क नगर्ने भन्ने सरकारको निर्णय गैरजिम्मेवार र अनुत्तरदायी भएको बताउँदै उक्त निर्णय तत्काल फिर्ता लिन सरकारसँग माग गर्नुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.