राजनीति

अमेरिकाका लागि प्रस्तावित राजदूत डा खतिवडाविरुद्ध तीन उजुरी

संयुक्त राज्य अमेरिकाका लागि प्रस्तावित नेपाली राजदूत पूर्व अर्थमन्त्री डा. युवराज खतिवडाविरुद्ध सङ्घीय संसद् संसदीय सुनुवाइ समितिमा तीन उजूरी परेको छ । त्यस्तै बेलायतका लागि प्रस्तावित राजदूत लोकदर्शन रेग्मीविरुद्ध एक उजूरी परेको छ ।

सरकारले असोज १५ गते संयुक्त राज्य अमेरिकाका लागि प्रधानमन्त्रीका विशेष आर्थिक सल्लाहकार डा खतिवडा, बेलायतका लागि पूर्वमुख्यसचिव रेग्मी र दक्षिण अफ्रिकाका लागि निर्मलकुमार विश्वकर्मालाई राजदूतमा प्रस्ताव गरी संसदीय सुनुवाइका लागि समितिसमक्ष नाम पठाएको थियो ।

समितिको गत असोज २१ गतेको बैठकले प्रस्तावित राजदूत सम्बन्धमा कुनै गुनासो, उजुरी वा सिकायत भएमा १० दिनभित्र समितिसमक्ष उजूरी दिन सर्वसाधारणसँग आह्वान गर्दै सूचना प्रकाशन गरेको थियो ।

उजूरीकर्ताको ठेगाना र सम्पर्क नम्बर नखुलेकाले सार्वजनिक सूचनामार्फत उहाँहरुलाई बोलाउनुपरेकाले त्यसको सूचना मङ्गलबा प्रकाशन गरिने समितिका सभापति लक्ष्मणलाल कर्णले जानकारी दिनुभयो । समितिले प्राप्त उजूरीमाथि छलफल गर्न यही कात्तिक १७ गते समितिको बैठक डाकेको छ ।

योग्यता, क्षमता, अनुभव कार्ययोजना र सोचसम्बन्धी जानकारी लिएपछि प्रस्तावित व्यक्ति राजदूतका लागि उपयुक्त हो ÷होइन ठह¥याई आवश्यक निर्णय लिनेइ छ । प्रस्तावित नाम अनुमोदनपछि सरकारको सिफारिशमा राष्ट्रपतिबाट राजदूत नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.