न्यायका लागि यति ठूलो संघर्ष : बल्ल भयो सहमति
बाँकेकी नन्कुन्नी धोबीको मृत्यु र निर्मला कुर्मी बेपत्ता घटनाबारे सत्यतथ्य पत्ता लगाउन र न्याय दिलाउन माग गर्दै १४ जना महिला २० दिन हिँडेर बाँकेबाट काठमाडौं आई अनशन बसेको १२ दिनपछि आज सहमति भएको छ ।
![agreementt with rubi khatun](https://www.nepaljapan.com/wp-content/uploads/2021/10/agreementt-with-rubi-khatun-e1634644643587.jpg)
२० दिन पैदल हिंडेर माइतीघर मण्डलामा न्याय माग्दै धर्ना बसेका उनीहरुलाई प्रहरीले हटाएपछि १२ दिन अघि आमरण अनशनरत रुबी खान र सरकारबीच सहमति भएको छ ।
बाँके घटनाबारे छानबिन गर्ने बनाउने लगायतका विषयमा सहमति भएको छ । गृहमन्त्रालयका सहसचिव हिरालाल रेग्मीको नेतृत्वमा छ सदस्यीय छानविन समिति गठन गर्ने सहमति भएपछि खानले अनशन स्थगित गर्नुहुने भएको हो ।
गृहमन्त्रालयका उपसचिव एवं सूचना अधिकारी दिलकुमार तामाङले बाँकेकी नन्कुन्नी धोबीको मृत्यु र निर्मला कुर्मी बेपत्ता घटनाबारे उक्त समितिले छानबिन गरी सत्यतथ्य पत्ता लगाउने जानकारी दिनुभयो ।
समितिले सात दिनभित्र प्रवितेदन बुझाउने उहाँले बताउनुभयो । साथै समितिमा आन्दोलनकारीको तर्फबाट मुस्लिम समाज सचेना केन्द्रका अध्यक्ष मोहमद शेर बागवान पनि हुनुहुन्छ ।
प्रतिक्रिया राख्नुहोस्