राजनीति

उपराष्ट्रपति पुनद्वारा महासचिव वैद्यको स्वास्थ्यावस्थाबारे जानकारी

उपराष्ट्रपति नन्दबहादुर पुनले नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य (किरण) लाई अस्पतालमा भेटेर उहाँको स्वास्थ्यबारे जानकारी लिनुभएको छ ।

दमको समस्या बढेपछि उहाँ उपचारका लागि आइतबार थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना हुनुभएको थियो ।

सो अवसरमा उपराष्ट्रपति पुनले महासचिव वैद्यको स्वास्थ्यका बारेमा उहाँको उपचारमा संलग्न चिकित्सकसँग जानकारी लिनुका साथै शीघ्र स्वास्थ्य लाभको कामनासमेत गर्नुभएको थियो ।

महासचिव वैद्यको आइतबार स्वास्थ्यमा समस्या देखिएको भए पनि सोमबारदेखि सुधारोन्मुख रहेको चिकित्सकले जानकारी दिएको उपराष्ट्रपति पुनका प्रेस संयोजक मनोज घर्तीमगरले जानकारी दिनुभयो । उहाँका अनुसार चिकित्सकले बुधबारसम्ममा अवस्था सामान्य भएमा उहाँ ‘डिस्चार्ज’ हुनसक्ने जानकारी दिएका छन् ।

यसअघि नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोमबार महासचिव वैद्यको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.