राजनीति

झापा पुग्नुभएका एमाले अध्यक्ष ओली अस्वस्थ

चुनाव प्रचारका लागि मंगलबार गृहजिल्ला झापा आइपुग्नुभएका नेकपा एमालेका अध्यक्ष अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ हुनुभएको छ ।

झापा क्षेत्र नं ५ का प्रतिनिधिसभा सदस्यका उम्मेदवारसमेत रहनुभएका अध्यक्ष ओली चुनाव प्रचारप्रसारका क्रममा झापा आउनुभएको हो ।

उहाँलाई ज्वरो आएको र औषधि खाएर घरमै आराम गरी रहनुभएको एमाले पोलिटब्युरो सदस्य देवेन्द्र दाहालले बताउनुभयो ।

तीनदिने चुनावी प्रचार अभियानका क्रममा सहभागी हुन उहाँ झापा आउनुभएको हो । अध्यक्ष ओलीलाई ज्वरो आएपछि आज दमकमा पत्रकार सम्मेलनसहित कार्यकर्ता भेटघाटका कार्यक्रम स्थगित गरिएको एमाले जिल्ला अध्यक्ष दिपक कार्कीले बताउनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.