राजनीति

माओवादीका बागी उम्मेदवारी फिर्ता लिने समय कात्तिक ४ गतेसम्म

नेकपा (माओवादी केन्द्र)ले वाम लोकतान्त्रिक गठबन्धनका विरुद्ध बागी उम्मेदवारी दिएकाहरूलाई उम्मेदवारी फिर्ता गर्ने समय थप गरेको छ ।

माओवादी केन्द्रीय कार्यालयका मुख्य सचिव श्रीराम ढकालका अनुसार बागी उम्मेदवारी फिर्ता लिने वा निष्क्रिय पार्ने समयावधी यही कात्तिक ४ गतेसम्मका लागि थप गरिएको छ ।

माओवादीले बागी उम्मेदवारी दिएकालाई यसअघि असोज ३१ गतेसम्म फिर्ता लिन भनेको थियो । आज पुनः अर्को विज्ञप्तिमार्फत थप समय दिई उम्मेदवारी फिर्ता लिन वा निष्क्रिय बनाउन भनेको हो । सो समयभित्र निर्णय गरेमा पार्टीका तर्फबाट कारबाही नहुनेसमेत स्पष्ट पारेको छ ।

यसअघि माओवादीले आधिकारिक उम्मेदवारविरुद्ध उम्मेदवारी दिएकालाई पार्टीबाट निष्कासन गरी कारबाही गर्ने चेतावनी दिएको थियो । माओवादीले बागी उम्मेदवारी दिएकालाई फिर्ता लिएर आधिकारिक उम्मेदवारलाई सहयोग गर्न आग्रह गरेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.