प्रबास

अनेसास साँस्कृतिक समिति संयोजकमा महेश्वर पन्त

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको साँस्कृतिक समिति संयोजकमा महेश्वर पन्तलाई मनोनित गरिएको छ । अनेसासको केन्द्रीय अध्यक्ष गोवर्द्धन पूजाको अध्यक्षतामा कार्यसमितिको आइतवार बसेको बैठकले उक्त निर्णय गरेको हो ।

दुई वर्षे कार्यकाल भित्र समितिले साँस्कृतिक कार्यक्रम, सम्मेलन, र गोष्ठीको आयोजनाका साथै आवश्यकता हेरि सबै क्षेत्रका प्रतिनिधिहरू समेटेर कार्यसमितिलाई छिट्टै पूर्णता दिइनेछ ।

पन्त लामो समयदेखि नेपाली साहित्य र साँस्कृतिक क्षेत्रमा आवद्ध छन् । उनका आधा दर्जन साहित्यिक कृतिका साथै गीति एल्वम प्रकाशित छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.