क्रिकेटखेल

सन्दीपलाई थप चार दिन हिरासतमा राख्न अनुमति

नाबागिकलाई जवर्जस्ती करणी गरेको अभियोगमा प्रहरी हिरासतमा रहेका नेपाली राष्ट्रिय क्रिकेटका निलम्बित कप्तान सन्दीप लामिछानेलाई थप चार दिन हिरासतमा राख्न अनुमति दिइएको छ ।

अनुसन्धान नसकिएको भन्दै प्रहरी वृत्त गौशालाले थप हिरासतमा राख्न बुधबार अदालतसँग अनुमति मागेको अनुसार बुधबार काठमाडौं जिल्ला अदालतले चार दिको अनुमति दिएको हो ।

पछिल्लो पटक २७ असोजमा अदालतले पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको थियो । प्रहरीले अनुसन्धान सकाएपछि प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंसमक्ष पेस गर्नेछ। त्यसपछि थुनछेकको बहसको काम सुरू हुनेछ ।

२० असोजमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका उनीमाथि प्रहरीले २० असोजबाटै गणना हुने गरी पहिलोपटक गत २४ असोजमा सात दिनको म्याद थप गरेको थियो ।

दोस्रोपटक २७ असोजमा पाँच दिनको म्याद थप गरेको थियो। जसको अवधि मंगलबार सकिएको छ । तर, मंगलबार सार्वजनिक बिदा भएकाले आज म्याद थपका लागि अदालतमा उपस्थित गराउने भएको हो ।

लामिछानेमाथि भदौ ५ गते काठमाडौंको एक होटलमा नाबालिगलाई पटकपटक बलात्कार गरेको आरोप लागेको थियो । भदौ ६ गते बिहान होटलबाट निस्केका उनी सोही दिन टी २० खेल खेल्न केन्या गएका थिए । उनी त्यहीँबाट क्यारेबियन प्रिमियर लिग (सिपिएल) खेल्न वेष्ट इन्डिज गएका थिए ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.