आम निर्वाचन २०७९

डेंगु संक्रमणपछि भट्टराई अस्पताल भर्ना, सिसियू कक्षमा उपचार

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा कास्की क्षेत्र नं. २ का लागि उम्मेदवार विद्या भट्टराई डेंगु संक्रमणका कारण अस्पताल भर्ना हुनुभएको छ ।

आफू अस्वस्थ भएर पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा सिसियू कक्षमा उपचार भैरहेको उहाँले सामाजिक सञ्जालबाट जानकारी दिनुभएको छ ।

केही दिनदेखि डेंगु संक्रमण भएर अस्वस्थ हुनुभएकी भट्टराईको उपचारमा संलग्न चिकित्सकका अनुसार उहाँको अवस्था सुधारोन्मूख रहेको छ । डा. सिपी आचार्य र उहाँको टिमले भट्टराईको उपचार गरिरहनु भएको छ ।

निर्वाचन प्रचारका लागि घरदैलो गर्ने अभियानको यो समयमा अस्वस्थ भएर अस्पताल भर्ना हुनुभएकी भट्टराईले भेट्घाटमा केही असुविधा रहेको र स्वास्थ्यमा सुधार हुनासाथ आफ्ने सक्रियता जारी राख्ने बताउनुभएको छ ।

सोही क्षेत्रको निवर्तमान सांसद समेत रहनुभएकी भट्टराईले आफ्नो स्वास्थ्य अवस्थाप्रति चासो दिने सबैमा आभार व्यक्त गर्नुभएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.