राजनीति

घोषणापत्रमा सुगौली सन्धिबाट गुमेको भूमि फिर्ताको विषय उठाउन ग्रेटर नेपालको माग

ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले आगामी मङ्सिर ४ हुने आमनिर्वाचनका क्रममा प्रमुख राजनीतिक दलले आफ्ना घोषणापत्रमा सुगौली सन्धिबाट गुमेको जमिन फिर्ता लिने विषयलाई समावेश गर्न माग गरेको छ ।

सन् १९४७ अगस्त १४(१५ देखि सुगौली सन्धिको वैधानिकता समाप्त भएको भन्ने विषयमा विगत दुई दशकदेखि राष्ट्रिय र अन्तर्राष्ट्रिय मञ्चहरूमा आवाज उठाउँदै आइरहेको ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले सत्तारूढ गठबन्धन दल र प्रतिपक्षी दलसमेत गरी सात दलका सभापति तथा अध्यक्षलाई तीन बुँदे ज्ञापनपत्र पठाएको छ ।

नेपाली काँग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, नेपाल र लोकतान्त्रिक समाजवादी पार्टीलाई ज्ञापनपत्र पठाइएको हो ।

मोर्चाका अध्यक्ष फणिन्द्र नेपालका अनुसार नेपाललाई सुगौली सन्धिबाट गुमेर फिर्ता हुन बाँकी ६०,००० वर्ग किलोमिटरभन्दा बढी नेपाली भूभाग इन्डिया र बङ्गलादेशबाट फिर्ता लिने विषय आफ्नो दलको घोषणापत्रमा समावेश गर्न माग राखेर ज्ञापनपत्र पठाएको हो ।

ज्ञापनपत्रमा सन् १९४७ जुलाई १८ को इन्डिया इन्डिपेन्डेन्स एक्ट, १९५० जुलाई ३१ को नेपाल-इन्डिया शान्ति तथा मैत्री सन्धि र १९५० अक्टोबर ३० को नेपाल-ब्रिटेन सन्धिु का धारा ८ का प्रावधान अनुसार सुगौली सन्धि रद्द भएपछि नेपालको सिमाना टिस्टा नदीदेखि सतलज नदीसम्म कायम हुन्छ, तर नेपाल, ब्रिटेन र इन्डियाले न उक्त सन्धिको पालना गरेका छन् न ऐनको भन्दै यो विषय उठाउन माग गरिएको हो ।

मोर्चाले सुगौली सन्धिबाट गुमेर फिर्ता हुन बाँकी हाल इन्डिया र बङ्गलादेशमा रहेको जमिन फिर्ता लिने विषयलाई घोषणापत्रमा प्रतिबद्धताका रूपमा समावेश गर्न माग र आग्रह गरेको छ ।

ज्ञापनपत्र बुझाएपछि मोर्चाका अध्यक्ष नेपालले आफूहरुको मागको सम्बोधन हुने र नहुने विषयलाई दलहरूको राष्ट्रियताको परीक्षण गर्ने बताउनुभएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.