जल/वातावरण

मंगलबार थपिए ३ हजार ९३ जना, सक्रिय संक्रमितको संख्या ४१ हजार नाघ्यो

नेपालमा सक्रिय संक्रमिको संख्या दैनिक रुपमा बढिरहेको छ । मंगलबार पछिल्लो २४ घण्टामा ३ हजार ९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने देशभरमा सक्रिय संक्रमितको संख्या हालसम्म ४१ हजार ७५५ पुगेको छ । २४ घण्टामा जम्मा १३ हजार ८६१ पीसीआर परीक्षण भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले दिएको जानकारी अनुसार मंगलबार थपिएकासंगै संक्रमितको संख्या हालसम्म १ लाख ३९ हजार १ सय २९ पुगेको छ ।

त्यसै गरी २४ घण्टामा २ हजार १०८ जना कोरोना संक्रमणबाट निको भएर घर फर्किएका छन् । यो सँगै निको हुनेको संख्या ९६ हजार ६०९ रहेको छ । मन्त्रालयका अनुसार हालसम्म पीसीआर विधिबाट १३ लाख १४ हजार ७७९ परीक्षणहरु गरिएका छन् ।

यसै गरी हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या ४ हजार २२० जना रहेका छन् । २४ घण्टामा ८ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । यो सँगै नेपालमा मृत्यु हुनेको संख्या ७ सय ६५ पुगेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.