राजनीति

चुनाव प्रचारसंगै दैलेख सफाई अभियानमा कुन्ती

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनमा दैलेख क्षेत्र नं. १ का लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उम्मेदवार कुन्ती शाही निर्वाचनको प्रचारकाबचि दैलेख सफाई अभियानमा सरिक हुनुभएको छ ।

पूर्व राज्यमन्त्री तथा राप्रपा महामन्त्री शाहीले बुधबार दैलेख सफाई अभियान अन्तर्गत कोतगढीमा सफाई अभियानमा सरिक हुनुभएको हो ।

दुई वर्षअघि शाहीकै समन्वयनमा शुरु भएको दैलेख सफाई अभियान निरन्तर संचालनमा रहेको छ । स्थानीय पञ्चकोशी युवा क्लब दैलेखले आयोजना गर्दै आएको अभियानमा नेपाली सेना नेपाल प्रहरी अन्य संघसंस्था स्थानिय नागरीकको सहभागिता रहदै आएको छ ।

वाग्मती सफाई महाअभियानका अभियन्ता चक्र बहादुर चन्दको सक्रियतामा दैलेख सफाई अभियानको हिजो बुधबार आज विशेष सफाई अभियान संचालन गरिएको थियो ।

दैलेख सफाई अभियानले ३१औं हप्ता पार गरिसकेको छ । यो अभियान निरज्तर जारी रहने अभियान्ता कल्पना राज्यलक्ष्मी शाहीले बताउनु भयो ।

बुधबारको अभियानमा पृर्वराज्य मन्त्री शाहीले दैलेख पवित्र धार्मिक देवदेवालय एेतिहासिक पृष्ठभुमि भएको जिल्ला हुनाले यसलाई सफा स्वच्छ राख्नु हरेक नागरिकको दायित्व रहेको बताउनु भयो ।

त्यस क्रममा उहाँले अब आफू दैलेखको राजनीति परम्परालाई पनि सफा गर्ने भन्दै दैलेखलाई समुन्नत दैलेख बनाउन र सफा स्वच्छ दैलेख बनाई पर्यटकीय हिसाब पनि आफू दैलेखको प्रबद्र्धनमा लाग्ने प्रतिबद्धता समेत ब्यक्त गर्नुभयो ।

शाहीले अभियान सम्पन्न भए पश्चात कोतगढी क्षेत्रमा बृक्षारोपण समेत गर्नुभएको थियो । कोतगढी एतिहासिक स्थल भएकोले यसको सम्बद्र्धन राम्रोसँग नहुनु चारैतिर घाँस उम्रेर जंगलको रुपमा रहेको देखेर आफू निकै दुःखी भएको भन्दै स्थानीय सरकार यस दिशातिर लाग्नु पर्ने बताउनु भयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.