कर्पोरेट/पर्यटन

इयुको प्राविधिकले पाए नेपालको हवाई सुरक्षादर उत्कृष्ट

युरेपेली सङ्घ (इयु) अन्तगर्तको युरोपियन एभिएसन ‘सेफ्टी एजेन्सी’ (इआसा) को आडिटबाट नेपालको हवाई सुरक्षा अवस्था उत्कृष्ट देखिएको प्राधिकरणले जनाएको छ ।

इआसाको तीन सदस्यीय प्राविधिक टोलीले यही अक्टोबर ६ देखि ८ तारिखसम्म नेपालको समग्र हवाई सुरक्षा प्रणालीको अध्ययन तथा सरोकारवालासँग छलफल गरेको थियो ।

गत अप्रिल १२ देखि २५ सम्म आइकाओको टोलीले नेपालको उड्डयन क्षेत्रको स्थलगत सुरक्षा अडिट गरेको थियो । आइकाको १० सदस्यीय टोलीले हवाई सेवा प्रणालीका विभिन्न आठ क्षेत्रमा बृहत् अडिट गरेको थियो ।

जसमा नेपालले ७०.१ प्रतिशत उड्डयन सुरक्षा कायम गरेको छ । जुन विश्वको एभरेज दरभन्दा माथि रहेको छ । नेपालले प्राप्त गरेको स्कोर एशिया प्रशान्त क्षेत्र र विश्वस्तरको भन्दामाथि रहेको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अनुसार एशिया प्रशान्त क्षेत्रको उड्डयन सुरक्षादर ६४.५ र विश्वव्यापी सुरक्षादर ६७ प्रतिशत रहेको छ । हाल नेपालमा नौ फिक्सविङ र ११ हेलिकप्टर कम्पनीसहित कूल २० वायुसेवा कम्पनी सञ्चालनमा छन् । हालसम्म देशभर नौ सय ड्रोन दर्ता भएका छन् ।

विश्व बैंकको विज्ञ टोलीले पनि नेपालको समग्र हवाई सुरक्षा प्रणालीको हालै अध्ययन गरेको छ भने हवाई सुरक्षा प्रणालीको अध्ययन गर्न अमेरिकाको फेडरल एभिएशन एडमिनिस्ट्रेसनको टोली भोलि बिहीबार नेपाल आउन लागेको प्राधिकरणले जानकारी दिएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.