राजनीति

निर्वाचन देशको भविष्य बनाउने अवसर : अध्यक्ष ओली

नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आसन्न निर्वाचन सामान्य निर्वाचन मात्र नभएर देशको भविष्य बनाउने अवसर भएको बताउनुभएको छ ।

झापाको धुलाबारीमा अगुवा कार्यकर्तालाई सम्बोधन गर्दै उहाँले निर्वाचन आयोगले निष्पक्ष ढङ्गले चुनाव गर्नेमा आफू आशावादी भएको उहाँले बताउनुभयो ।

झुटो आश्वासन दिने र आचारसंहिताको पालना नगर्ने कार्य निर्वाचन आयोगले रोक्नुपर्ने उहाँको भनाइ थियो । साथै उहाँले प्रहरी प्रशासनलाई गैरकानूनी क्रियाकलाप रोक्न आग्रह गर्नुभयो ।

उहाँले पार्टीका नेता तथा कार्यकर्तालाई कानूनको पूर्णपालना र आचारसंहिताको ख्याल गर्नका लागि अनुरोध गर्नुभयो । निष्पक्ष, शान्तिपूर्ण र भयरहित निर्वाचनका लागि सबैको भूमिका महत्त्वपूर्ण हुने उहाँको भनाइ थियो ।

मङ्गलबार झापा आउनुभएका ओली बुधबार बिहानैदेखि नियमित कार्यक्रम तथा भेटघाटमा सहभागी हुनुभएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.