आम निर्वाचन २०७९

पत्रकारहरुलाई फेसबुकको तालिम, निर्वाचनलाई दूषित पार्ने खालका सामग्री सम्प्रेषण नगर्न अनुरोध

निर्वाचनमा सामाजिक सञ्जालहरुमार्फत प्रचारप्रसारमा तीब्रता आएसंगै यसको दुरुपयोग बढ्न थालेपछि मुलुकका संचारकर्मीहरुका लागि फेसबुकले तालिम दिएको छ ।

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि निर्वाचन आयोगको आग्रहमा फेसबुकको मातृ संस्था मेटाले सञ्चारकर्मीलाई भर्चुअल तालिमको आयोजना गरेको हो ।

सो तालिमको उद्घाटनलाई सम्बोधन गर्दै प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन र लोकतन्त्रलाई दूषित पार्ने खालका सामग्री सम्प्रेषण नगर्न सञ्चारमाध्यम र सामाजिक सञ्जाल प्रयोगकर्तालाई आग्रह गर्नुभएको छ ।

प्रमुख आयुक्त थपलियाले सञ्चारमाध्यम स्वनियमन र स्वनियन्त्रित हुनुपर्नेमा आयोगले जोड दिँदै आएको उल्लेख गर्नुभयो ।

उहाँले आयोगले निर्वाचन आचारसंहितामा पहिलो पटक मिथ्या सूचना, दुष्प्रचार र द्वेशपूर्ण अभिव्यक्तिलाई व्याख्या गरी त्यसको नियमनको प्रबन्ध गरेको जनाउँदै आयोगले सञ्चारमाध्यम र सामाजिक सञ्जाललाई नियन्त्रण नभइ नियमन गराउन खोजेकाले यसमा सबैको साथ आवश्यक रहको जनाउनुभयो ।

प्रमुख आयुक्त थपलियाले निर्वाचनको निष्ठा र स्वच्छता कायम गर्न तथा निर्वाचनसम्बन्धी सूचनालाई व्यवस्थितरुपमा सहजीकरणका लागि आयोगमा प्रेस कार्यालयको स्थापना गरी काम भइरहेको बताउनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.