जापान

शंखुवासभाको विद्यालयका लागि जापानको साँढे दुई करोड सहयोग

नेपालको भौतिक, शिक्षा तथा स्वास्थ्यका क्षेत्रमा ठूलो सहायता गर्दैआएको जापानले शंखुवासभाको एक विद्यालय भवन निर्माणका लागि झण्डै साँढे दुई करोड रुपैयाँ सहायताा उपलब्ध गराउने भएको छ ।

बिहिबार काठमाडौंमा नेपालका लागि जापानी राजदूत किकुता युताका र एनपीओ नेपालका स्वयंसेवी संस्थाका अध्या लाक्पा नुरबु शेर्पाबीच सहायता सम्झौतामा काठमाडौंस्थित जापानी दूताबासमा हस्ताक्षर भएको हो ।

शंखुवासभाको हिमालयन माध्यमिक विद्यालयको नयाँ भवनका लागि जापान सरकारको ग्रासरुट ह्युमन सेक्युरिटी प्रोजेक्ट (जिजिपी) मार्फत एक लाख ८५ हजार ९ सय ७१ अमेरिकी डलर उपलब्ध गराउने सम्झौता भएको हो ।

सन् १९६० मा स्थापना भएको यो विद्यालयको भवन जीर्ण हुँदा विद्यार्थीहरु असुरक्षाकाबीच अध्ययन गरिरहेका छन् । हाल ३ सय ८० विद्यार्थी अध्ययन गरिरहेको विद्यालय भवन निर्माणको प्रबन्ध एनपीओ नेपालले गर्नेछ ।

सहायता सम्झौतामा हस्ताक्षर भएपछि जापानी दूताबासले एक विज्ञप्ति जारी गरी विद्यालयको आधुनिक र सुविधासम्पन्न भवन निर्माणपछि विद्यार्थीहरुले सुरक्षित वातावरणमा अध्ययन गर्न पाउने र उनीहरुको क्षमतामा विकासमा पनि मद्दत पुग्ने विश्वास लिएको छ ।

दूताबासले शैक्षिक संस्थाका लागि जापानले गरेको यो सहायताले नेपाली र जापानी जनताबीच कायम रहेको सुमधुर सम्बन्ध भविष्यमा अरु मजबुत हुने विश्वास पनि लिएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.