अर्थ

तीन सयले बढ्यो सुनको मूल्य, आज कति छ तोलाको ?

स्थानीय बजारमा पहेँलो धातु सुनको मूल्य तोलामा रु ३०० ले बढेको छ ।

आज सुन प्रतितोला रु दुई लाख ५३ हजार ५०० मा खरिदबिक्री हुने नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो आइतबार प्रतितोला रु दुई लाख ५३ हजार २०० मा किनबेच भएको थियो ।

त्यस्तै, आज चाँदी प्रतितोला रु पाँचले बढेर तीन हजार २८० मा खरिदबिक्री हुनेछ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस चार हजार २५५ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.