जल/वातावरण

कोरोना संक्रमणको सामान्य लक्षण भएकाले ५० हजार धरौटी राख्नुपर्ने

सरकारले आइतबार कोरोना संक्रमितको उपचार खर्च नव्यहोर्ने र पिसीआर परीक्षण पनि नगर्ने घोषणा गरेलगत्तै अस्पतालहरुले संक्रमितको उपचारका लागि धरौटी माग गर्न थालेका छन् । यसै क्रममा धुलिखेल अस्पतालले कोरोना संक्रमितले धरौटी रकम नबुझाए भर्ना नपाइने सूचना निकालेको छ ।

अस्पताले जारी गरेको सूचनामा सामान्य लक्षण भएका बिरामीले ५० हजार धरौटी राख्नुपर्ने, मध्य जटिल बिरामीले १ लाख र जटिल बिरामीको उपचारका लागि २ लाख धरौटी राख्नुपर्ने छ ।

अस्पतालले औषधि तथा रोग निदानमा प्रयोग हुने जाँच तथा अक्सिजन तथा भेन्टिलेटर चलाएमा थप शुल्क लाग्ने बताएको छ । अस्पतालका प्रशासकीय निर्देशक डा. रमेश मकाजुले धरौटी रकमबाट यो शुल्कहरु काटिने बताए । उनले भने, ुहामीले बिरामीसँग जथाभावी पैसा उठाउन खोजेको होइन, सरकारको नियमअनुसार गरेको हो, सक्नेले तिरुन् भन्ने हो । तिर्न नसक्नेले निःशुल्क नै पाउँछन् ।ु

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कात्तिक २ गतेदेखि सरकारले तोकको लक्षित समूह बाहेकका सबै व्यक्तिको परीक्षण र उपचार आफ्नै खर्चमा गर्नुपर्ने निर्णय गरेको थियो । यो निर्णय धेरै अस्पताहरुले कार्यान्वयनमा ल्याइसकेका छन् ।

आर्थिक रुपमा विपन्न, अशक्त तथा असहाय अवस्थामा रहेका नागरिक, असहाय एकल महिला, अति अपाङ्गता भएका नागरिक, जेष्ठ नागरिक, अग्रपंत्तिमा खटिने स्वास्थ्यकर्मी, सरसफाई कर्मचरी, सुरक्षाकर्मी लगायतको मात्रै सरकारले निःशुल्क परीक्षण र उपचार गर्ने मन्त्रालयले जनाएको छ । जसमा कुनै बीमा कम्पनीबाट कोरोना बीमा गरेको भएमा परीक्षण र उपचार बीमा रकमबाट काटिने छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.