जल/वातावरण

बुधबार थपिए ५ हजार ७ सय ४३ जना, काठमाडौं उपत्यकामा मात्रै ३१ सय ७

बुधबार नेपालमा अहिलेसम्मकै सबैभन्दा बढी कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा ५ हजार ७४३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये काठमाडौं उपत्यकाकामात्र्रै ३ हजार १ सय ७ जना रहेका छन् ।

देशभरका प्रयोगशालामा २० हजार ७४२ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । नयाँ संक्रमितमध्ये काठमाडौंका २ हजार ३ सय ९१ जना, ललितपुरका ५ सय ४३ र भक्तपुरका १ सय ७३ जना छन् ।

यससँगै कुल संक्रमितको संख्या १ लाख ३९ हजार १ सय २९ पुगेको छ, जसमध्ये ७ सय ९१ जनाको मृत्यु भएको छ भने ९९ हजार ६ सय ५ जना संक्रमणमुक्त भएका छन् ।

पछिल्लो २४ घण्टामा मात्र २ हजार ९ सय ९६ जना संक्रमणमुक्त भएको र देशभर ४४ हजार ४ सय ७६ संक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.