क्रिकेटखेलजापान

एम्वासडर कप क्रिकेटमा नेपाली टिमले सहभागिता जनाउने

जापानमा विगत ३ वर्षदेखि संचालन हुँदै आएको एम्वासडर कप क्रिकेट प्रतियोगितामा यस पटक पनि नेपाली टिमले सहभागिता जनाउने भएको छ ।

अक्टोवर ३० र ३१ तरिक हुने प्रतियोगितामा नेपाल सहित आठ देशले सहभागिता जनाउने छन् । जसमा भारत, अष्ट्रेलिया, बंगलादेश, बेलायत, न्यूजिल्याण्ड, श्रीलंका र जापानको टिमले समेत प्रतिस्पर्धा गर्ने छन् ।

सन २०१८ बाट संचालन सुरु भएको प्रतियोगितामा नेपालले २०१९को उपाधी हात पारेको थियो । तेचिगीको सानो अन्तराष्ट्रिय क्रिकेट मैदानमा हुने प्रतिस्पर्धामा नेपालका तर्फबाट क्याप्टेन अजय ठाकुरको नेतृत्वमा १६ खेलाडीले सहभागिता जनाउने छन् ।

जसमा सिद्धान्त खत्री, अर्जुन गौतम, विनम्र खत्री, विक्रम राना, पंकज चन्द, उपहार रायमाझी, क्षितिज पाठक, सन्तोस पौडेल, शक्ति क्षेत्री, बिकास केसी, रोशन दंगाल, सुजन बास्तोला, उज्वल रायमाझी, दीपक सुनार र अभिषेक केसी रहेका छन् भने टिम म्यानेजरमा नेत्र रोक्का रहेका छन् ।

टोकियोमा राईनोस क्लव नामबाट क्रिकेट खेल्दै आएका नेपालीहरुले सो प्रतियोगितामा सहभागिता जनाउदै आएका छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.