जापानसमाचार

जापानमा बसोबास गर्ने नेपालीको संख्या एकलाख नजिक

विश्वको तेस्रो ठूलो अर्थतन्त्र जापानमा विभिन्न पेशा, व्यवसाय रोजगारी तथा अध्ययन गरी बसेका नेपालीहरुको संख्या झण्डै एकलाख पुग्न लागेको छ ।

जापान सरकारले हालै सार्वजनिक गरेको तथ्यांकअनुसार वैधानिकरुपमा बसोबास गर्ने नेपालीको संख्या ९७ हजार २६ जना रहेका छन् । यीमध्ये सबैभन्दा बढी अन्तर्राष्ट्रिय सेवा क्षेत्रमा १७ हजार ९ सय ९७ रहेका छन् ।

त्यसै गरी १८ हजार ४ सय ५९ जना विद्यार्थी रहेका छन् भने ३१ हजार, ९ सय १३ जना डिपेन्डेन्ट रहेका छन् । कुक लगायतका कामदारका रुपमा बसोबास गर्नेको संख्या १५ हजार ७ सय ८० जना रहेका छन् ।

जापानमा स्थायी बसोबास गर्ने नेपालीको संख्या पनि बढेको छ । पछिल्लो तथ्यांकमा ५ हजार ४ सय २३ जना स्थायी बसोबास गर्ने रहेका छन् भने विशेष काम (तोकुतेई काचुदोउ)मा ५ हजार २२ जना रहेका छन्।

त्यस्तै तथ्यांकमा जापानी नागरिकसंग विवाह (महिला र पुरुष दुबै) गरी बस्ने नेपालीको संख्या १ हजार ९५, लामो अवधि बसोबास गर्ने ८ सय ९३, प्रशिक्षार्थी ४ सय ४१ र विशेष रुपमा स्थायी बसोबास गर्ने ३ जना रहेका छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.