जन सरोकार

दुई अनलाइनलाई कारबाही गर्न आयोगको आग्रह

निर्वाचन आयोगले पौरखी नेपाल तथा मेरो नेपाल नामक फेसबुक पेजबाट व्यक्तिको भावनामा आँच आउने वा चरित्र हत्या हुने गरी निर्वाचन प्रचारप्रसार गरिएको भन्दै कारबाहीका लागि आग्रह गरेको छ ।

आयोगले चरित्र हत्या हुने गरी सुन्दरी युवती भन्दै भ्रामक श्रव्यदृष्य सामग्री सम्प्रेषण गरिएको विषयमा आवश्यक कारबाहीका लागि प्रेस काउन्सिल नेपाललाई पत्र पठाएको छ ।

रञ्जिता सिलवाल (चितवन)ले आफ्नो चरित्र हत्या भएको भनी दिएको उजुरीका आधारमा आयोगले काउन्सिललाई सो आग्रह गरेको छ ।

उक्त विषयमा निवेदकका बारेमा मेचीकाली खबर नामक अनलाइनबाट सामग्री प्रकाशन भएको भन्ने जानकारी आएकाले उक्त प्रकाशित सामग्री तत्काल हटाइ सम्बद्ध अनलाइनलाई आवश्यक कारबाही गर्न काउन्सिललाई आग्रह गरेको हो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.