राजनीति

राष्ट्रपति समक्ष अमेरिकी राजदूत थम्प्सनद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत

नेपालका लागि नवनियुक्त अमेरिकी राजदूत डिन थम्प्सनले औपचारिक रुपमा आफ्नो कार्यभार सम्हाल्नु भएको छ । उहाँले शुक्रबार राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गर्दै कार्यभार सम्हाल्नुभएको हो ।

ओहदाको प्रमाणपत्र प्रस्तुत गरेलगत्तै उहाँले एक विज्ञप्ति जारी गरी नेपालका लागि अमेरिकी राजदूतका रूपमा काम गर्न पाउनु आफ्ना लागि सम्मानको विषय भएको बताउनुभएको छ ।

उहाँले भन्नुभएको छ, अमेरिका–नेपाल साझेदारीको आगामी ७५ वर्षको सफलताले पछिल्ला ७५ वर्षका उपलब्धिलाई उछिन्नेछ भन्ने कुरा सुनिश्चित गर्न म नेपालको नेतृत्व र नेपाली जनतासँग सहकार्य गर्न उत्सुक छु ।

उहाँले सार्वभौमसत्ता र साझा मूल्य मान्यताको सममानमा आधारित संयुक्त राज्य अमेरिका तथा नेपालबीचको सम्बन्धप्रति अटल प्रतिबद्धताका साथ सेवा गर्न कटिद्ध रहेको बताउनुभएको छ ।

उहाँले अगाडि भन्नुभएको छ, “अहिलेको क्षण हाम्रा दुई मुलुकका लागि महत्वपूर्ण क्षण हो र म आम्रो समयका सबैभन्दा महत्वपूर्ण मुद्दाहरुलाई सम्बोधन गर्न सबै नेपालीसंग सहकार्य गर्न उत्सुक छ । आगामी वर्षहरुमा अमेरिकाले नेपाललाई दीगो र समावेशी आर्थिक विकासको लक्ष्य हाँसिल गर्न सहयोग गरिरहनेछ ।”

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.