कर्पोरेट/पर्यटन

नेपाल टेलिकमले दिने भो काठमाडौँको सेवा रुम्जाटारमा

दुई वर्षदेखि बन्द रहेको नेपाल टेलिकमको ओखलढुङ्गाको रुम्जाटारस्थित सेवाकेन्द्र पुनः सञ्चालनमा ल्याईएको छ । प्राविधिक कारण बन्द रहेको सो केन्द्र बुधबारबाट सञ्चालनमा ल्याईएको छ ।

सिद्धिचरण नगरपालिकाको रुम्जाटार र रुम्जाटार विमानस्थलमा पुनःसञ्चालनमा आएको सेवाकेन्द्रबाट काठमाडौँमा उपलब्ध हुने सम्पूर्ण सेवाहरु प्रवाह हुने जनाईएको छ ।

टेलिकम ओखलढुङ्गा कार्यालयका प्रमुख इञ्जिनीयर दिनेशचन्द्र पन्थीका अनुसार सेवाकेन्द्र सञ्चालनमा आएपछि सेवाग्राहीलाई टेलिफोन जडान गर्न, इन्टरनेट सुविधा लिन, नयाँ सिमकार्ड खरिद तथा परिवर्तन र भुक्तानी सम्बन्धी सम्पूर्ण काम शुरु भएको छ । उहाँका अनुसार काठमाडौँको ग्राहक सेवा केन्द्रबाट प्रवाह हुने सम्पूर्ण कार्य रुम्जाटारमा नै उपलब्ध भएको छ ।

बुधबारबाट पुनः सञ्चालनमा आएको उक्त सेवा केन्द्र दशैंपछि साताको २ दिन सोमबार र शुक्रबार खुल्ला हुने टेलिकमले जनाएको छ ।

टेलिकमले सोलुखुम्बुको विकट ताक्सिन्दु र जुभु क्षेत्रमा जीएसएम मोबाइल सेवा सञ्चालनमा ल्याएको छ । टेलिकमका प्रवक्ता राजेश जोशीका अनुसार स्काई मोबाइलबाट मात्र सेवा प्रवाह हुँदै आएको उक्त स्थानमा असोज २९ गतेदेखि सेवा सञ्चालनमा ल्याईएको हो ।

तीन हजार १३० मिटर उचाईमा रहेका दूधकुण्ड नगरपालिकाको ताक्सिन्दुमा जीएसएम प्रविधिको बीटीएस टावर स्थापना भएसगैँ लुक्ला हुँदै नाम्चेसम्म पुग्ने पदयात्रीलाई सहयोग हुने अपेक्षा टेलिकमको रहेको छ ।

ताक्सिन्दु क्षेत्रका नुनथला, फुलेबी, सेरा, खरिखोला, जुबिङ र पैयाँ लगायत क्षेत्रका करिब ६ सय घरधुरीले कम्पनीको मोबाइल सेवाबाट प्रत्यक्ष रुपमा लाभान्वित हुनेछन् । उक्त क्षेत्रमा टेलिकमले निशुल्क सिम वितरण थालिएको र शुरुआती चरणमा ५ सय निशुःल्क वितरण गरिनेछ । यसैगरी सोलुकै दूधकोशी गाउँपालिका वडा नम्बर ४ जुबु बलङ्गामा अर्को टावर जडान गरेर सेवा सञ्चालनमा ल्याईएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.