जल/वातावरण
२४ घण्टामा थपिए ३ हजार ६ सय ३७ जना संक्रमित, ३ हजार २ सय १५ जना निको भए

नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ६ सय ३७ जनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ । त्यसै गरी पछिल्लो २४ घण्टामा मात्र ३ हजार २ सय १५ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा १५ हजार २५५ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । नयाँ संक्रमितमध्ये १ हजार ५ सय ५२ काठमाडौं उपत्यकाका छन्, जसमा काठमाडौंका १ हजार २ सय ८३, ललितपुरका १ सय ५७ र भक्तपुरका १ सय १२ जना छन् ।
यससँगै कुल संक्रमितको संख्या १ लाख ४८ हजार ५०९ पुगेको छ । उनीहरुमध्ये ८१२ जनाको मृत्यु भएको छ भने १ लाख २ हजार ८२० जना संक्रमणमुक्त भएका छन् ।
प्रतिक्रिया राख्नुहोस्