राजनीति

जनताले उपलब्धिको रक्षा र अग्रगमनको पक्षमा मतदान गर्नेछन् : अध्यक्ष नेपाल

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले जनताको लामो सङ्घर्षबाट प्राप्त उपलब्धिको रक्षा गर्न निरन्तर पहल गरिरहेको बताउनुभएको छ ।

माधव कुमार नेपाल

अध्यक्ष नेपालले पार्टीका तर्फबाट एक विज्ञप्ति जारी गर्दै उपलब्धिको रक्षा गर्ने र स्वेच्छाचारी शासन सञ्चालन गर्न चाहने पक्षबीच आसन्न निर्वाचनमा प्रतिस्पर्धा हुन लागेको बताउनुभएको हो ।

विज्ञप्तिमा भनिएको छ, “हामी प्राप्त उपलब्धिको रक्षा गर्दै थप उपलब्धिको प्राप्ति र अग्रगमनका निम्ति निरन्तर पहल गरिरहने पक्षमा छौैँ । यही अडानमा रहिरहने छौँ । हामीलाई के विश्वास छ भने जनताले प्राप्त उपलब्धिहरूको रक्षा र अग्रगमनको पक्षमा मतदान गर्नेछन् ।”

दक्षिणपन्थी अवसरवादका बारेमा मात्रै नभएर कम्युनिष्ट आन्दोलनप्रति वितृष्णा उत्पन्न भएको उल्लेख गर्दै विज्ञप्तिमा नेकपा (एमाले) नेतृत्वका कारणले कम्युनिष्ट आन्दोलनमा ठूलो क्षति भएको उहाँले बताउनुभएको छ ।

“एमाले नेतृत्वलाई सुधार्न र ठीक ठाउँमा ल्याउन नसकिने भएपछि हामीले विद्रोह गरी नेकपा (एकीकृत समाजवादी) गठन ग¥यौँ । अहिले हामी कलम चुनाव चिह्न लिएर यहाँहरूमाझ आएका छौँ”, उहाँले भन्नुभएको छ ।

अध्यक्ष नेपालले अहिलेसम्मको उपलब्धिको रक्षा गर्दै जनताको पक्षमा आफूहरूले काम गर्ने उल्लेख गर्नुभएको । सरकारले जनअपेक्षा र निर्वाचनका बेलामा जनतासमक्ष गरिएका प्रतिबद्धताअनुरूप काम गर्न नसकेको बताउँदै उहाँले भ्रष्टाचार र कुशासनलाई न्यूनीकरण गर्न नसकिएकाले जनताको अपेक्षा पूरा हुन नसकेको विज्ञप्तिमा बताउनुभएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.