जापान

जापानमा ३१ वर्षमा उच्च मूल्यवृद्धि, जनजीवन कष्टकर

विश्वको तेस्रो ठूलो आर्थिक शक्ति राष्ट्र जापानमा विगत ३१ वर्षको अवधिमा गत सेप्टेम्बर महिनामा महंगी बढेको छ । जापानको गृह मन्त्रालयले शुक्रबार यस्तो तथ्यांक सार्वजनिक गरेको हो ।

मन्त्रालयका अनुसार सेप्टेम्बर महिनामा उपभोक्ता मूल्य सूचकांक ३ प्रतिशत बढेको हो, जुन ३१ वर्षयताको सबैभन्दा उच्च रहेको छच ।

अघिल्ला वर्षहरुको तुलनामा ताजा खानेकुराका साथै अन्य बस्तुको मूल्य ३ प्रतिशतले बढेको हो । यही दरको वृद्धि २०१४ मा कर बढाएपछि आएका थियो र तत्काल मूल्य घटेको थियो ।

यद्यपि सन् १९९१ मा भने यही दरको मूल्यवृद्धि भएको थियो । जापान सरकार र बैंक अफ जापानले २ प्रतिशतको मूल्यवृद्धि को लक्ष्य राखेको भए पनि बजारले त्यो लक्ष्य भेदन गरेको छ ।

उच्चदरमा भैरहेको ऊर्जाको मूल्यका दवाव आम उपभोक्तामा परेको छ । जापनमा इन्धनको मूल्य १७ प्रतिशत, बिजुली र ग्यास २० प्रतिशतको बढोत्तरी आएको छ । ताजा खानेकुरा बाहेक पेय पदार्थहरुको मूल्य ४.६ प्रतिशत बढेको छ ।

सरकारी निकायले जापानी मुद्रा येनको विनिमयदर कमजोर बन्दै गएकाले पनि मूल्यवृद्धि तीब्र गतिमा भैरहेको छ । खाद्यान्न तथा इन्धनममा भएको मूल्यवृद्धिका कारण बालबालिका भएका परिवारलाई निकै सकस भैरहेको छ । आर्थिक अभावका कारण अत्यधिक मानिसहरुको दैनिकी कष्टकर बन्दै गैरहेको छ ।

आफ्ना श्रीमान र नाबालिग छोरीसंगै बस्ने एक गृहिणीका अनुसार मूल्यवृद्धि भए पनि आफ्ना पतिको तलब बढेको छैन । लगभग २ लाख येनको हाराहारीबाट मासिक रुपमा मुस्किलले गुजारा गर्नु परिरहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.