विश्व समाचार

बेलायतको राजनीतिक हलचल, निराश परिवेश

आर्थिक सङ्कटलाई समाधान गर्न आफूलाई ‘अवरोधक’ बनाउने कसम खाएकी बेलायतकी प्रधानमन्त्री लिज ट्रसले करिब सबै पूराना निर्णयबाट यू–टर्न गर्नुभएको छ ।

उहाँले पदबाट बहिर्गमनको घोषणा गरे पनि आफ्नै मन्त्रीको कमजोर अर्थनीतिका कारण थप जटिल बन्दै गएको मुद्रा स्फीतिको मार्गलाई अबरोध गरी उहाँको एउटा प्रतिज्ञा पुरा गर्नुभयो ।

प्रधानमन्त्रीको छोटो कार्यकाल सात दिनको अवधिमा चरमोत्कर्षमा पुगेको थियो जुन सन् २०१६ देखि बेलायतले देखेको जस्तो विध्वंसकारी थियो, जब युरोपेली सङ्घबाट बाहिरिने देशको निर्णयले राजनीतिको सामान्य नियमलाई उल्ट्याएको थियो ।

“यो ’लभ आइल्याण्ड’ होइन, यो बेलायतको शासन व्यवस्था हो,” कन्जरभेटिभ्स पार्टीका प्रमुख इतिहासकार टिम बेलले ट्वीट गर्दै भन्नुभएको छ ।

यूरोपेली सङ्घ (ईयूबाट) बाट बेलायतको बहिर्गमन ‘ब्रेक्जिट’ले कन्जरभेटिभ पार्टीलाई अस्थिर बनाएको छ र यसले कुनै पनि सरकारलाई समस्या पनि दिएको छ किनभने यसले व्यापार र वृद्धिमा कमी ल्याएको छ,” बेलले भन्नुभयो ।

“यसको मतलब उनीहरूले २०१९ मा गरेका वाचाहरू पूरा गर्न धेरै कम पैसा छ । मलाई लाग्दैन कि कसैले जादुको छडी हल्लाएर बेलायतको आर्थिक समस्या समाधान गर्न सक्छ ।

उहाँले पूर्व अर्थमन्त्रीलाई सङ्केत गर्दै भन्नुभयो “तर यदि तपाईं बौद्धिक र सञ्चारको हिसाबले सक्षम व्यक्तिलाई छान्नुहुन्छ भने तपाईंले ऋषि सुनकलाई शीर्ष उम्मेदवारको रूपमा विचार गर्नुपर्दछ, उहाँको चेतावनी ट्रसको आघात र विस्मयकारी कार्यक्रमको बारेमा विस्तृत रूपमा वर्णन गरिएको भाषामा आएको छ ।”

ट्रसको गलत कदमले बेलायतलाई ग्रीस वा इटालीको तुलनामा अन्तर्राष्ट्रिय ऋणपत्र बजारका लागि बढी खतरनाक सम्भावना बनाएपछि मित्रराष्ट्रहरूले दयाको दृष्टिले मात्र हेर्न सक्थे ।

बजारको निर्णयले लाखौं बेलायतीहरूका लागि उधारो लागत बढायो जसका कारण उनीहरूले पुस्तौंदेखिको सबैभन्दा खराब जीवनयापनको सङ्कटको सामना गरिरहेका छन् । यसमा केही विद्वान्हरूले ब्रेक्जिटपछि कन्जरभेटिभ शासनमा रहेको बेलायतको कमजोरी भनेका छन् ।

फ्रान्सका राष्ट्रपति इमानुयल म्याक्राेँले भन्नुभयो, “बेलायतले चाँडै राजनीतिक स्थिरता हासिल गरोस् । यो महत्वपूर्ण छ र म यही चाहन्छु । केही हप्ताअघि ट्रसले उहाँलाई बेलायतको ‘साथी’ भन्न अस्वीकार गर्नुभएको थियो ।

सन् १८२७ मा जर्ज क्यानिङको भन्दा पनि छोटो समयावधिका लागि मात्र ट्रसको प्रधानमन्त्रीको कार्यकाल रेकर्ड हुन देखिएको छ ।

सन् २०१६ पछि बेलायती संसद्मा भएको ब्रेक्जिटको बहस, थेरेसा मेको पीडादायी प्रधानमन्त्रीकाल र बोरिस जोन्सनको डाउनिङ स्ट्रिटमा तीन वर्ष बिताएपछि देशको अवस्था कस्तो भएको थियो भन्ने कुराले टिप्पणीकारहरूलाई झस्काएको थियो ।

तर, केवल ४४ दिनमा, ट्रसले बेलायतको प्रतिष्ठा र उहाँको आफ्नै टोरी पार्टीको प्रतिष्ठालाई समेत प्रश्नचिन्ह खडा गरेको छ । उहाँकै दलका धेरै सांसदहरू सरकारको कामबाट निराश भएका समय बुधबार अबेर राति भएको संसदीय मतदानमा उहाँको नेतृत्वलाई कमजोर बनाईदिएको थियो ।

गत शुक्रबार ट्रसले आफ्ना अर्थमन्त्री क्वासी क्वार्टेङलाई बर्खास्त गरेसँगै ट्रसको बर्हिगमनको मार्ग निर्धारण गर्ने सात दिनको सुरुवात भएको थियो । यद्यपि उहाँले अर्थमन्त्रीलाई आफ्नो राजनीतिक सबैभन्दा राम्रो साथी र ‘वैचारिक आत्मासाथी’ को रूपमा वर्णन गर्नुभएको थियो ।

त्यसपछि उहाँले गरेको पत्रकार सम्मेलनमा जब प्रश्नहरूले उहाँलाई आत्तिएको अवस्थामा बोलेको ‘वास्तविक’ कुनै पनि कुराको रूपमा धेरै कभरेज पायो । सप्ताहान्तमा क्वार्टेङका उत्तराधिकारी जेरेमी हन्टले ट्रसको हार्ड चार्जिङ आर्थिक कार्यक्रमलाई खारेज गर्नुभयो ।

हाउस अफ कमन्समा क्वार्टेङको निधनको बारेमा लेबरले सोधेको प्रश्नलाई ट्रसले बेवास्ता गरेपछि सोमबार स्थिति अझ खराब साबित भयो । कुनै नेताले मन्त्रीमार्फत् आफू ‘डेस्कमुनि लुकेको छैन’ भनेर घोषणा गर्नु कदापि राम्रो कुरा होइन ।

मङ्गलबारसम्म, जब उहाँले तनावपूर्ण मन्त्रीपरिषद् बैठक बोलाउनुभयो । मतदानको एक ताजा चरणले पत्ता लगायो कि सुनकविरूद्ध उहाँलाई समर्थन गर्ने टोरी सदस्यहरू पनि ट्रसबाट निराश बनीसकेका थिए ।

बुधबार ट्रसले हाउस अफ कमन्ससँग कुरा गर्दै आफू लडाकु र भगुवा नभएको बताउनुभएको थियो ।

टोरीको पछिल्ला बेन्चमा रहेका निराश अनुहारहरूले लडाईको लागि कुनै चाहना देखाएनन् । त्यसको केही घण्टापछि गृहमन्त्री सुएला ब्रेभरम्यानले पदबाट राजीनामा दिनुभयो र ट्रसको नेतृत्वको असफलतामाथि कडा प्रहार गर्नुभयो ।

अन्तमा, ट्रसका सांसदहरूले निर्णय गरे कि उनीहरूले केही महिनाभित्रै सर्वेक्षण रेटिंगहरू पतनको पीडा सहनुको सट्टा दोस्रो नेतृत्वको निर्वाचनको लज्जाको सामना गर्नु उचित माने ।

प्राध्यापक बेलका लागि, अब टोरीहरूका लागि जोनसनको आवेश र भ्रमपूर्ण परिस्थिति र ट्रसको ‘जोस’ पछि निराश क्षमताको लागि छनौटको विकल्प दिएको छ ।

डेली स्टार पत्रिकाले हरियो तरकारी वा ट्रसको कार्यकाल पहिले समाप्त हुन्छ भन्ने विचार प्रदायक आलेख प्रकाशित भई भाइरल बनेपछि धेरै टिप्पणीकारहरू निराश बनेका छन् ।

पत्रकार जेन मेरिकले ट्वीट गर्दै लेख्नुभएको छ, “जब ‘सागको आयुले प्रधानमन्त्रीलाई उछिन्छ’, हामी साँच्चिकै अन्तिम दिनहरूमा आइपुगेका छौं यो प्रस्ट हुन्छ ।

शुक्रबारसम्म आउँदा प्रधानमन्त्रीमा पुनः बोरिस जोनसनलाई सरकारको नेतृत्व दिनुपर्ने आवाजहरू पनि सुनिन थालेका छन् । तर उहाँलाई निर्विकल्प मान्न उहाँको टोरी समूहका केही नेताले नै तत्काल उहाँको आवगमनलाई अस्वीकार गरेका छन् । तर सङ्कटग्रस्त अर्थतन्त्र सम्हाल्न एक साहसी र दूर दृष्टि भएको नेताको आवश्यकता रहने छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.