राजनीति

बहुमत आएपछि जताततै नियुक्ति पाइन्छ : अध्यक्ष प्रचण्ड

गठबन्धनका प्रमुख नेता, पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धनले बहुमत पाए जताततै नियुक्तिको अवसर आउन आश्वासन दिनुभएको छ ।

गठबन्धनप्रति अस्न्तुष्ट रहेका आफ्ना दलका नेताहरुलाई फकाउँदे अध्यक्ष प्रचण्डले अहिले टिकट नपाएर मलिनो अनुहार लगाएकाहरु बहुमत प्राप्त भएपछि हुने नियुक्तिले उज्ज्यालो हुने दावी गर्नुभएको हो ।

शनिबार विराटनगरमा शनिबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले रुख चिन्हमा भोट हाल्न हात नकमाउन आग्रह गर्दै शान्ति प्रक्रियामा आएपछि आफूले रुखमा र गिरिजाप्रसाद कोइरालाले हँसिया हथौडामा भोट हालेको भन्दै कार्यकर्तालाई हौस्याउनुभयो ।

उहाँले भन्नुभयो ‘अहिले टिकट नपाएर मलिन भएका साथीहरू हाम्रो बहुमत आए राजनीतिक नियुक्ति तथा राजदूतमा अवसरै अवसर हुनेछ। आएन भने यो सब जान्छ। यो कुरा बुझेर लाग्नुहोला ।’

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.