जापान

जापानमा नेपालीको संख्या सवा लाख बढी

विश्वको तेस्रो ठूलो आर्थिक राष्ट्र, विकास निर्माणले सम्पन्न, अवसरहरुको अथाह स्रोत, शिक्षा, स्वास्थ्य, भौतिक सुविधा हरेक दृष्टिले सम्पन्न मुलुक जापानमा नेपालीहको संख्या उल्लेख्य रुपमा बढ्दै गएको छ ।

जापानमा नेपालीहरुको प्रवेशको इतिहास भने शताब्दी लामो छ । राणाकालमै नेपालबाट केही युवाहरु अध्ययनका लागि समुद्रको बाटो हुँदै जापान पुगेका थिए ।

हालका दिनमा जापानमा अध्ययनका लागि जाने नेपालीहरुको संख्या ठूलो छ । वार्षिक रुपमा हजारौं नेपाली अध्ययनका लागि पुग्छन् भने रोजगारीका लागि जानेको संख्या पनि ठूलै छ ।

जापानमा नेपालीहरुका उपस्थिति निकै बाक्लो छ । त्यहाँ बस्ने आप्रवासीहरुमध्ये नेपालीको स्थान दोस्रो रहेको छ । नेपालीहरु जापानमा अध्ययन, व्यापार व्यवसाय तथा रोजगारीमा जमेर बसेका छन् ।

धार्मिक र सांस्कृतिक रुपमा केही समानता भएका, राजनीतिक रुपमा सहिष्णु जापान नेपालको विकासको प्रमुख साझेदार मुलुक पर्दछ । बौद्ध धर्मावलम्बी मुलुक जापानले नेपालको विकासमा ठूलो सहयोग गर्दैआएको छ ।

जापानमा एक सवा लाखभन्दा बढी नेपालीको बसोबास रहेको छ । एक तथ्यांक अनुसार सन् २०२२ को जुन महिनासम्म १ लाख २५ हजार ७ सय ९८ नेपाली रहेका छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.