आम निर्वाचन २०७९

प्रष्टिकरण सोध्दा तरङ्ग आयो, अब हुने निर्णयले भूकम्प आउला !

हालै सम्पन्न स्थानीय तहको निर्वाचनदेखि आचारसंहिता पालनामा कडाईहका साथ प्रस्तुत हुँदै आएको निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पनि कडारुपमा प्रस्तुत भैरहेको छ ।

आयोगले प्रमुख दलका शीर्ष नेताहरुलाई आचारसंहिता उल्लंघन गरेको भन्दै प्रष्टिकरण सोध्ने र कारबाहीका लागि प्रहरीलाई पत्र नै लेख्न थालेपछि यसपटकबाट भने आचारसंहिता देखाउने दाँत मात्र नभएको आभाषा दिएको छ ।

पूर्व प्रधानमन्त्री समेत रहिसकेका व्यक्तिहरुलाई प्रष्टिकरण सोधेर तरङ्ग ल्याएको आयोगले आचारसंहिता उल्लंघन गर्ने बिरुद्ध अबका दिनमा गर्ने निर्णय कल्पनाभन्दा बाहिरको हुने संकेत दिएको छ ।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले यस्तो संकेत दिनुभएको हो । शुक्रबार आयोजित कार्यक्रममा उहाँले अबका केही दिनमा गरिने आयोगका निर्णयले भूकम्प नै आउनसक्ने बताउनुभएको हो ।

प्रमुख आयुक्त थपलियाले आचारसंहिता उल्लंघनमा स्पष्टिकरण सोध्दा तरङ्ग नै आएको बताउँदै अबका केही दिनमा हुने आयोगका निर्णयले त भूकम्प नै आउला भनेर आशंका व्यक्त गर्नुभएको हो ।

उहाँले भन्नुभयो- “आचारसंहिता उल्लंघनमा स्पष्टिकरण सोधिँदा नै यत्तिको तरङ्ग आएको छ भने अब ५-७ दिन, ८-१० दिन पछिका आयोगका निर्णयले त ठूलै भूकम्प आउला कि भनेर मैले आशंका गरेको छु ।”

कार्यक्रममा उहाँले आचारसंहिता उल्लंघन गर्दा स्पष्टिकरण सोध्नु कारबाही गरिनु नभएको स्पष्ट पार्दै भन्नुभयो- “आचारसंहिताको कारबाही गर्ने विषयमा स्पष्टीकरण सोध्नु भनेको कारबाही गरिनु होइन । कारबाहीको प्रक्रिया प्रारम्भ हो ।”

उहाँले अगाडि भन्नुभयो- “स्पष्टिकरण सोध्नु भनेको ऊ अब दायराभित्र आयो भनेको मात्रै हो । अथवा माकुराको जालोभित्र झिंगा पस्यो भनेको हो । तथ्य प्रमाणका साथमा होइन भनेर प्रमाणित गरी जालो काटेर निस्किन सक्यो भने बच्यो ।”

त्यस्तै उहाँले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले मतदातालाई प्रलोभनमा पारी निर्वाचन ऐन कसूर गरेको भन्दै अनुसन्धान गर्न प्रक्रिया अघि बढेको जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.