राजनीति

पार्टीले काम र योगदानका आधारमा टिकट दिएको छ : अध्यक्ष ओली

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीले काम र योगदानका आधारमा न्याय हुने गरी आगामी निर्वाचनका लागि टिकट दिएको बताउनुभएको छ ।

तिहारका अवसरमा नेकपा (एमाले) ललितपुरले आयोजना गरेको शुभकामना आदान–प्रदान कार्यक्रममा उहाँले कतिपयले टिकट नपाएको भन्ने प्रसङ्गमा सबैलाई पालो पनि दिनुपर्ने बताउनुभयो ।

उहाँले एमाले कार्यकर्तालाई कुनै भावनामा बग्नुपर्ने आवश्यकता नभएको उल्लेख गर्दै एमालेमा न्याय हुने तर न्याय सापेक्ष हुने स्पष्ट पार्नुभयो । “टिकट पाएन, स्वभाविक हो, पालो गर्नुपर्दैन ? अरुलाई पनि त पालो दिनुपर्छ” ।

अध्यक्ष ओलीले भन्नुभयो, “पार्टीको पक्षमा, देशको पक्षमा असाधारण भूमिका भए पनि उहाँको भूमिका आवश्यक छ, उहाँ नभइकन संसद् चल्दैन, उहाँ नभइकन देश हाँकिदैन भन्ने स्थिति त होइन ।”

अध्यक्ष ओलीले टिकट नपाएका नेताप्रति लक्षित गर्दै २०४८ सालदेखि सांसद भइरहेका र गत असोज २/३ गतेसम्म सांसद रहिरहेका व्यक्तिले टिकट नपाएकामा रुवाबासी गर्नु सही नभएको धारणा राख्नुभयो ।

“पार्टीको हितमा एक शब्द बोलेको होइन, आन्दोलनको हितमा एक शब्द बोलेको होइन, अरु–अरु प्रकारका तमासा देखाउनुपर्ने ठाउँमा तमासा देखाएको छ ।” अध्यक्ष ओलीले राष्ट्र र पार्टीमा योगदान दिनेलाई टिकटमा न्याय गरिएको बताउनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.