जन सरोकार

रबिन्द्र अधिकारीको योगदानबारे चर्चा गर्दै बडा दशैं पुनर्मिलन कार्यक्रम हुने

बिजया दशमी तथा सुभदिपावलीको अबसरमा हरेक बर्ष बडादशैको नवमीका दिन आयोजना हुँदै आएको पुनर्मिलन कार्यक्रम अब देखी स्व: रबिन्द्र अधिकारी स्मृति प्रतिष्ठानले गर्ने भएको छ ।
नेकपाका अग्रज नेता तथा प्रदेश प्रमुख सोमनाथ अधिकारि प्यासीको प्रमुख आतिथ्यता रहने कार्यक्रम कास्की जिल्लाको भरतपोखरी निर्मलपोखरी र कृस्तीको मध्ययमस्थल डाडैपोखरीमा पूर्वपर्यटन मन्त्री तथा नेपाली जनताका प्यारा नेता स्व रबिन्द्र अधिकारी लगायतका सामाजिक परिबर्तनका पक्षपोषक ब्यक्तित्वहरुद्वारा हरेक बर्षको बडादशै अन्तरगतको नवमिका दिन आयोजना हुँदै आएको थियो ।
सो पुनर्मिलन कार्यक्रम अब रबिन्द्र अधिकारी स्मृति प्रतीष्ठानले विभिन्न समसामयिक बिषयमा परिचर्चाका साथ गर्ने प्रतिष्ठान अध्यक्ष विद्या भट्टराईले जानकारी दिनु भयो । यो कार्यक्रम हरेक बर्ष सोही दिन र स्थानमा आयोजना गर्ने बताइएको छ ।
यसबर्ष संसार भर फैलिएको कोरोना (कोबिड १९) का कारण भौतिक रुपमा उपस्थित भई कार्यक्रम गर्न असुबिधा भएकोले भर्चुअल माध्यम बाट कार्यक्रम हुने जनाइएको छ । संस्थाले “दक्षिण कास्कीको समग्र बिकास र रबिन्द्र अधिकारीको योगदान” शिर्षकमा परिचर्चा सहित पुनर्मिलन कार्यक्रममा देश बिदेशमा रहनुभएका सम्पुर्ण दाजुभाइ दिदिबहिनीहरुलाई यस पुनर्मिलन कार्यक्रममा सहभागी भईदिनुहुन अनुरोध समेत गरेको छ ।

मिति कार्तिक ९ गते नबमीका दिन समय बिहान ११.०० बजे
स्थान:जुम प्लेटफर्म जुम Meeting ID: 874 7791 6861 Passcode: 2019

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.