जल/वातावरण

धरानमा पाँच महिने शिशुसहित दुईजनाको मृत्युु

धरानको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कोरोना संक्रमित पाँच महिनाको शिशुसहित दुई जनाको ज्यान गएको छ । मोरङ, सुन्दर हरैँचाका शिशुको प्रतिष्ठानको कोभिड अस्पतालमा उपचारका क्रममा शुक्रबार राति मृत्यु भएको हो ।

प्रतिष्ठानका सहप्रवक्ता डा आशिष श्रेष्ठका अनुसार उनलाई शुक्रबार नै संक्रमण पुष्टि भएको थियो । पाँचमहिने छोरीलाई दिमागसम्बन्धी रोगको समस्या भएको थियो । यस्तै शुक्रबार अपराह्न धरान–११ की ५२ वर्षीया एक महिलाको पनि प्रतिष्ठानमै उपचारका क्रममा मृत्यु भएको थियो । उनलाई उच्च रक्तचाप र मधुमेह जस्ता दीर्घ रोग भएको बताइएको छ । उनलाई यही कात्तिक ३ गते कोरोना संक्रमण पुष्टि भई ५ गते प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना गरिएको थियो ।

यसै गरी बाँकेमा थप एक कोरोना सङ्क्रमितको मृत्यु भएको छ । नेपालगन्जस्थित भेरी अस्पतालमा उपचाररत कोरोना सङ्क्रमितको गएराति मृत्यु भएको हो ।

नेपालगन्ज उपमहानगरपालिका– १ का ५० वर्षीय पुरुषको उपचारको क्रममा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयका कोरोना स्रोत व्यक्ति नरेश श्रेष्ठले जानकारी दिनुभयो ।

श्वासप्रश्वासमा समस्या देखिएपछि ती पुरुषलाई असोज २६ गते अस्पताल भर्ना गरिएको थियो । भर्ना गरे लगत्तै उहाँमा कोरोना सङ्क्रमण पुष्टि भएको श्रेष्ठले बताउनुभयो । उहाँलाई असोज २७ गते भेरी अस्पतालको कोरोना वार्डमा भर्ना गरिएको थियोे ।

रोगको प्रकृति अनुसार गरिनुपर्ने प्लाजामा थेरापीलगायत सबै प्रकारको उपचार गर्दै गर्दा ती पुरुषको अति सघन कक्षमै मृत्यु भएको अस्पतालले जनाएको छ । नेपाली सेना र परिवारबीच शवको व्यवस्थापन गर्नेबारे समन्वय भइरहेको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले जानकारी दिनुभयो । योसँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ३० पुगेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.