जल/वातावरण
महाअष्टमीको दिन थपिए २ हजार २ सय २५ जना, निको भए २ हजार ८ सय ४६ जना
नेपालीहरुको महान पर्व बडा दशैंको आठौं दिन आज शनिबार २ हजार २ सय २५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । काठमाडौं उपत्यकामा १ हजार १ सय १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
काठमाडौं जिल्लामा ८ सय ३२, ललितपुरमा १ सय ७६ र भक्तपुरमा १ सय २ जनामा संक्रमण भएको छ भने शनिबार देशभर २ हजार ८ सय ४६ जना निको भएर घर फर्केको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार १३ हजार ८४६ जनाको पीसीआर परीक्षण गर्दा २ हजार २ सय २५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १ लाख ५५ हजार २ सय ३३ पुगेको छ ।