कोशी
प्रदेशसभा सदस्यहरुबाट ‘फ्लोर क्रस’ हुने संकेत पाएपछि…
प्रदेश १ को प्रदेशसभामा आज मुख्यमन्त्री भीम आचार्यले शुक्रबार पेश गरेको विश्वासको मतसमबन्धी प्रस्तावमाथि छलफल र मतविभाजन गर्ने कार्यसूची रहेको थियो ।

तर विश्वासको मत दिने बेलामा आफ्ना केही सांसदहरुले फ्लोर क्रस गर्ने संकेत पाएपछि कांग्रेसले आजको बैठक रोक्न माग गर्यो, संगै सत्तारुढ एमालेले पनि त्यसलाई साथ दियो।
सत्तारुढ र प्रतिपक्षी दलबाट प्रदेशसभा रोक्न माग गरिएपछि प्रदेशसभा सचिवालयले आइतबार दिउँसो सूचना जारी गर्दै कात्तिक १५ गतेसम्म बैठक स्थगित गरिएको जानकारी दिएको छ ।
प्रदेशसभा सचिवालयले जारी गरेको सूचनामा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र सत्तारुढ दल नेकपा एमालेले प्रदेशसभा बैठक सार्न माग गरी निवदेन दिएकाले बैठक स्थगित गरिएको उल्लेख छ ।
प्रतिक्रिया राख्नुहोस्