जन सरोकारस्वास्थ्य

नेपालमा ओमिक्रोन सबभेरियन्टको ‘एक्सबिबी’ फेला

कोरोना भाइरस संक्रमण न्यून हुँदै गएका बेला नेपालमा यसको नयाँ भेरियन्ट फेला परेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले विगत दुई महिनामा देशका विभिन्न स्थानमा गरिएको परीक्षणमा नेपालमा ओमिक्रोन सबभेरियन्टको ‘एक्सबिबी’ पहिचान भएको बताउनुभयो ।

उहाँका अनुसार देशका विभिन्न ठाउँबाट गत साउन २१ देखि असोज २४ गतेसम्म कोरोना भाइरस भएका सङ्क्रमितबाट नमूना सङ्कलन गरेर जिनोमिक पहिचान गर्दा ओमिक्रोन सबभेरियन्ट ‘एक्सबिबी’ पत्ता लागेको हो ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा ती नमूनाको परीक्षण गरिएको थियो । मन्त्रालयले तिहार र छठपर्वजस्ता चाडपर्वमा सङ्क्रमण फैलिनसक्ने भएकाले जनस्वास्थ्यका मापदण्ड अपनाउन आग्रह गरिएको छ ।

अहिले दैनिक ५० जनाको हाराहारीमा कोरोना भाइरसका बिरामी भेटिरहेका छन् । मन्त्रालयले मास्कको प्रयोग गर्न, भौतिक दूरी कायम गर्न र बेलाबेलामा साबुनपानीले हात धुन आग्रह गरेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.