जन सरोकारस्वास्थ्य

पाँचसय ५७ सङ्क्रमित थपिँदा ८७७ जना सङ्क्रमणमुक्त

बितेका २४ घण्टामा देशभर ५५७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ भने ८७७ जना सङ्क्रमणमुक्त भएका छन् । छ हजार ६१ जनाको ‘पिसिआर’ परीक्षण गर्दा ५२२ र एक हजार ५६४ जनाको ‘एन्टीजेन’ विधिबाट परीक्षण गर्दा ३५ जना सङ्क्रमित भेटिएका हुन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका विभिन्न भागमा रहेका स्वास्थ्यसंस्था र प्रयोगशालामा सात हजार ६२५ जनाको परीक्षण गर्दा ५५७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

देशभर १० हजार २०१ जना सक्रिय सङ्क्रमित रहेका, २२० जना क्वारेन्टिनमा रहेका तथा पछिल्लो २४ घण्टामा देशभर सात हजार ५७६ जनाले कोरोनाविरुद्धको खोप लगाएका उक्त मन्त्रालयले जनाएको छ ।

सोही अवधिमा तीनजना सङ्क्रमितको मृत्यु भएको छ । योसँगै कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या ११ हजार ३४८ पुगेको छ । आइतबारसम्मको तथ्याङ्कअनुसार आठ लाख नौ हजार ५६ जना सङ्क्रमित भएका छन् भने सात लाख ८७ हजार ५०७ जना सङ्क्रमणमुक्त भएका छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.