क्रिकेटखेल

२९ वर्षदेखिको पराजयको बदला लिंदा….

एक अर्ब ३० करोडले टेलिभिजनमा प्रत्यक्ष हेरिरहेको विश्वकै सर्वाधिक चासो दिइने भारत र पाकिस्तानबीचको क्रिकेट खेलमा पाकिस्तान २९ वर्षको पराजित यात्रालाई बिराम लगायो । टी २० विश्वकपको पहिलो खेलमा पाकिस्तानले भारतमाथि १० विकेटको जित दर्ता गर्यो ।

पाकिस्तानको जीतमा शाहीन शाह अफ्रिदीको उत्कृष्ट बलिङ र कप्तान बाबर अजाम र विकेटकिपर मोहम्मद रिजवानले उत्कृष्ट ब्याटिङले टी २० विश्वकपमा भारतमाथि ऐतिहासिक जित हात पारेको हो ।

कुनै पनि विश्वकपमा भारतमाथि पाकिस्तानको यो पहिलो जित हो । हालसम्म विश्वकपमा भारत र पाकिस्तान १३ पटक भिडेका छन्, जसमा भारत हावी थियो ।

शारजाहमा भारतले दिएको १५२ रनको लक्ष्य पाकिस्तानले १७.५ ओभरमा विना विकेटको क्षति पूरा गर्यो । उसका लागि रिजवानले ५५ बलमा ६ चौका र ३ छक्का मद्दतमा अविजित ७८ रन बनाए भने कप्तान बाबरले ५२ बलमा ६ चौका र २ छक्का मद्दतमा अविजित ६८ रन बनाए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले ७ विकेट गुमाएर १५१ रन बनाएको थियो । भारतको सुरूवात निकै खराब थियो । घातक बलिङ गरेका पाकिस्तानका शाहीन शाह अफ्रिदीले पहिलो ओभरको चौथो बलमा नै रोहित शर्मालाई शुन्यमा एलबीडब्लू धरापमा पारेका थिए भने तेस्रो ओभरको पहिलो बलमा केएल राहुललाई बोल्ड गरे ।

सूर्यकुमार यादव पनि ११ रनमा पभेलियन फर्किएपछि भारतले ३१ रन बनाउँदा तेस्रो विकेट गुमाएको थियो । उसको लागि कप्तान विराट कोहली र ऋषभ पन्तले ५३ रनको साझेदारी गरे । तर पन्तले ३० बलमा ३९ रन जोडे ।

त्यसपछि भारतीय व्याट्सम्यानले ठूलो साझेदारी गर्न सकेनन् । कप्तान कोहलीले ४९ बल खेल्दै ५ चौका र १ छक्का मद्दतमा ५७ रन बनाए । रवीन्द्र जडेजाले १३ र हार्दिक पाण्डेयले ११ रन बनाए । भुवनेश्वर कुमार ५ र मोहम्मद शामी शुन्यमा अविजित रहे ।

पाकिस्तानका लागि अफ्रिदीले ३ विकेट लिए । यस्तै हशन अलीले २ तथा शदाब खान र हरिस राउफले समान १ विकेट लिए ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.