जन सरोकार

दशैंको शुभकामनामा कोरोनालाई प्राथमिकता- शतर्कता नै सुरक्षा कवच

यस वर्षको दशैं विश्वव्यापी विपत्तिको सामना गरी मनाइनुपर्ने बाध्यता छ । कोरोना भाइरस संक्रमणको विकराल अयभवहकाबीच पारिवारिक मेलमिलाप र जमघटको यो पर्वलाई आआफ्नै घरमा सीमित गर्नुपर्ने बाध्यता छ । दशैंका अवसरमा शीर्ष राजनीतिक नेतृत्वदेखि पेशा व्यवसायी र सामाजिक अभियन्ता सबैको शुभकामनामा कोरोना संक्रमणबाट बच्ने सन्देश नै प्राथमिक रहेको छ ।

अध्यक्ष प्रचण्डको सन्देश

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वास्थ्य सुरक्षाका सबै मापदण्डको पालना गर्दै चाडपर्व मनाउन सबैमा अपिल गर्नुभएको छ । दशैँ, तिहार, छठ, नेपाल संवत्लगायत चाडपर्वका अवसरमा शुभकामना दिँदै उहाँले कोभिड–१९ को विषम परिस्थितिमा सुरक्षित भएर पर्व मनाउन अपिल गर्नुभएको हो ।

कोरोना भाइरसका कारण प्रभावित जनजीवन आगामी दिनमा सामान्य बन्न सकोस् भन्ने कामना गर्दै अध्यक्ष दाहालले स्वदेश तथा विदेशमा हुने सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा सुस्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्नुभएको छ ।
नेपाली समुदायले मनाउने विभिन्न सांस्कृतिक चाडपर्वले आपसी सहिष्णुता, भ्रातृत्व र भावनात्मक एकता पैदा गर्ने उल्लेख गर्दै उहाँले यिनै चाडपर्वले नेपाली समुदायमा राष्ट्रिय भावना जागृत गर्न विशिष्ट योगदान पु¥याएको बताउनुभएको छ ।

मुख्यमन्त्री शाहीले कोभिड–१९ ले निम्त्याएको चुनौतीलाई नयाँ अवसरका रूपमा लिँदै प्रदेशमा स्वास्थ्य पूर्वाधारहरूको उल्लेख्य विकास गरेको बताउनुभएको छ । “आवश्यक सङ्ख्यामा प्रदेश र जिल्ला अस्पतालहरुमा भेन्टिलेटर र आईसीयू शय्या क्षमताको विस्तार, प्रयोगशालाको स्थापना, नयाँ अस्पताल भवनको निर्माण, आइसोलेसन र क्वारेन्टिन व्यवस्थापनलगायतका कामहरु भएका छन्”, शुभकामना सन्देशमा भनिएको छ, “नागरिकको जीवन रक्षाजस्तो संवेदनशील विषयबाट सरकार पन्छिन मिल्दैन भन्ने मान्यताका साथ लक्षणसहितका कोभिड सङ्क्रमित बिरामीहरुको निःशुल्क उपचारको व्यवस्थासमेत प्रदेश सरकारले गरेको छ ।”

उहाँले नयाँ चुनौतीका रूपमा खडा भएको कोरोना सङ्कटले विकास र समृद्धिको दीर्घकालीन लक्ष्यमा केही अवरोध उत्पन्न गरेको भए पनि बलिदानीपूर्ण सङ्घर्षको प्रतिफलस्वरूप प्राप्त सङ्घीय व्यवस्थाबाट जनताले गरेको विकास र समृद्धिको अपेक्षा पूरा गर्न योजनाबद्ध रूपमा प्रदेश सरकार अगाडि बढिरहेको बताउनुभयो । “सङ्घीयताको अभ्यासको क्रममा देखा परेको केन्द्रीकृत सोच, संविधानप्रदत्त अधिकार हस्तान्तरणमा इच्छाशक्तिको कमीलगायतका समस्याहरुसँग लड्दै समृद्ध कर्णाली प्रदेश र समृद्ध नेपाल निर्माणका लागि प्रदेश सरकार दृढ छ”, जारी शुभकामना सन्देशमा उल्लेख छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.